सहकारी नेपाल - स्वर्णिम भबिष्य बचत तथा ऋण सहकारी संस्था लि.
Image 1

स्वर्णिम भबिष्य बचत तथा ऋण सहकारी संस्था लि.

Image 2

कमलामाई नगरपालिका-४, मधुटार सिन्धुली

1 / 3
Your Image Description
विद्यालय भवन
2 / 3
Your Image Description
पाँचौ राष्ट्रपति रनिङ शिल्ड जित्न सफल पछि सामूहिक तस्विर
3 / 3
Your Image Description
स्कुल बस

Home Top Ad

६६ औं सहकारी दिवसको मुल नारा ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’

Monday, April 22, 2024

सहकारी नेपाल

 


सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रबर्द्धन गर्ने कार्य गरिन्छ । “एकका लागि सबै र सवैका लागि एक” भन्ने भावना र व्यवहारमार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी हो ।

सहकारीले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्दछ । सहकारी संगठनको त्यो रूप हो जसमा व्यक्तिहरू स्वेच्छाले आफ्ना हितको विषयहरूमा एकसाथ मिलेर कार्य गर्दछन् । खास गरी यो सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक सङ्गठन हो जो प्रजातान्त्रिक रूपमा नियन्त्रित हुन्छ र सदस्यहरूले साझा उद्देश्य प्राप्तिको लागि कार्य गर्दछ । समग्रमा समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त गरिने एकताबद्ध प्रयास नै सहकारी हो । यसरी सहकारी अन्तर निर्भरता हुँदै आत्मनिर्भरतातर्फको यात्रा हो ।

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot